ट्रक र मोटरसाइकल ठोक्किँदा ४ को मृत्यु

57

रौतहट, कात्तिक २४

रौतहटको चन्द्रनिगाहपुरमा मिनि ट्रक र मोटरसाइकल ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको चार जना सवार रहेको ना३३प २०६८ मोटरसाइकल र गरुडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना५ख ९७९१ नम्बरको मिनि ट्रक चन्द्रपुर नगरपालिका-१३ बालचनपुर चोकमा आज बिहान ठोक्किँदा रौतहटको औरहीयाका २६ वर्षीय कामोद साह,२३ वर्षीय विवेक सिंह,  जय प्रकाश गुप्ता र सखुअवा धमौराका २६ वर्षीय रुपेश कुमार यादवको उक्त दुर्घटनामा मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक रुपेश कुमार यादवले भाडा असुली तीन जनालाई मोटरसाइकलमा राखेका थिए । मृतक  गुप्ता पुल्चोक इन्जिरिङ क्याम्पसका विद्यार्थी हुन् भने साह भूपू सशस्त्र प्रहरी हुन्।

यादव, साह र सिंहको घटनास्थलमै र गुप्ताको उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी मनोज यादवले बताए। चारै जनाको शव चन्द्रनिगाहपुरस्थित अस्पतालमा राखिएको छ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएकाले खोजीकार्य भइरहेको डीएसपी यादवले बताए।

Womui
Womui