बसको छतबाट खसेर यात्रुको मृत्यु

72

नेपालगन्ज, कात्तिक २३–
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा–४ गाभरमा बसको छतबाट खसेर एक यात्रुको मृत्यु भएको छ । नेपालगन्जबाट बुटवलतर्फ जादै गरेको ना४ख १५३५ नम्बरको बसको छतबाट खस्दा कपिलबस्तु शिवराज नगरपालिका–१ का अन्दाजी ३२ बर्षिय ‘लम्भु’ भनिने व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो । बसको छतमा एक्लै बसेका उनी अचानक खसेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।मृतकको शव पोष्ट मार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पठाइएको कार्यालयका ट्राफिक प्रहरी सहायक निरिक्षक पुष्कर बमले बताए । मृतक भारतको सिमलाबाट कमाई गरी घर फर्किदै गरेको बुझिएको छ ।

यस्तै सोमबार नै खासकुश्मा–४ गाभरमा मोटरसाईकल दुर्घटनामा परेको छ । दाङको घोराहीबाट धनगढी जादै गरेको से४प ४०३१ नम्बरको मोटरसाईकल गाँभर खोला पुल नजिकै दुर्घटना हुँदा २३ बर्षिय चालक सुशान्त जोशी घाईते भएका हुन् ।

Womui
Womui