एक किलो सुनसहित पक्राउ

35
लहान, कात्तिक २३
प्रहरीले सोमबार सिरहाको लहानबाट एक किलो सुनसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा लहान नगरपालिका–७ निवासी राहुल शारडा रहेको प्रहरीले जनाएको छ। शारडा लहानस्थित विकास ट्रेडर्सका सञ्चालक विकास शारडाका भाइ हुन्। काठमाडौँबाट सुन लिएर आउने क्रममा लहानस्थित सहिद चोकमा शङ्का लागेर जाँच गर्दा सुनसहित शारडालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। शारडासँग रहेको सुन अवैध हो वा होइन् भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।
Womui
Womui