नाकाबन्दी हटाउन प्रधानमन्त्री तराई झर्नु पर्छःगगन थापा

41

धनकुटा, कात्तिक २३

gaganकांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाए भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने जिकिर गरेका छन्। नेपाल प्रेस युनियनले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे। नेता थापाले आन्दोलनरत मधेसीलाई पनि संसद्‌मा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गरे। शत्रुलाई पनि गर्न नहुने गरी भारतले गरेको नाकाबन्दी अमानवीय भएको बताउँदै उनले आपत्ति जनाए।

Womui
Womui