गुण नियन्त्रणले साढे ३ सय ६५ कर्मचारी थप गर्ने

52

 

काठमाडौं, कात्तिक २३

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्तीमा ३ सय ६५ जना कर्मचारी थप गर्न दरबन्दी स्वीकृतिका लागि वाणिज्य मन्त्रामलयसँग प्रस्ताव गरेको छ । २३ वर्षदेखि कर्मचारी नथप्दा जनशक्तिको अभावमा प्रभावकारी रुपमा काम गर्न नसकेकाले दरबन्दी थप्न माग गरिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।‘अहिले विभागमा २ सय ४१ कर्मचारी छन । विभागलाई १४ सय कर्मचारी चाहिएको छ ।’ महानिर्देशक कर्णले भने – ‘तर, तत्कालका लागि ६ सय ६ जना बनाउनुपर्ने प्रस्ताब मन्त्रालयमा पठाएका छौं ।’ मन्त्रालयबाट स्वीकृत भएलगतै लोकसेवा आयोगबाट दरबन्दी स्वीकृत गराई कर्मचारी भर्ती गरिने उनले बताए ।

Womui
Womui