खेलाडीविरुद्ध  जन्मकैदको माग गर्दै विशेष अदालतमा अभियोग पत्र दर्ता 

136

काठमाडौं, कात्तिक २२

म्याच फिक्सिङ आरोपमा पक्राउ परेका फुटबल खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा अभियोग पत्र दर्ता गरिएको छ ।  प्रहरीले राज्यविरुद्धको सजायसम्बन्धी ऐन दफा ३ को उपदफा ३ अनुसार दस वर्ष जन्मकैदको माग दाबी गर्न दिएको सुझाव संसोधन गर्दै न्यायाधिवक्ताको कार्यलयले दफा ३ को उफदफा १ अनुसारको सजाय माग दाबी गर्दै आज विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको हो। ३ को उपदफा १ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने उल्लेख छ।

म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ पर्नेमा राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फिजियोथेरापिस्ट डेजिव थापा छन्। गत असोज २७ गते ५ जना खेलाडी र एक फिजियोथेरापी पक्राउ परेका थिए।

Womui
Womui