प्रहरीको सर्वाधिक खोजीमा रहेका ‘मोष्टवान्टेड’सहित चार पक्राउ

59

काठमाडौं, कात्तिक २२

गौशाला प्रहरीले मोष्टवान्टेडसहित चारजना पक्राउ गरेको छ ।  प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बत्तीसपुतली निवासी ४२ वर्षीय भिण्डे भन्ने दिनेश डंगोल, गौशालाका २९ वर्षीय विजेन्द्र कुँवर, तिलगंगाका ३५ वर्षीय प्रदीप देउला र सिफल बस्ने ४३ वर्षीय राकेश मुनकर्मीलाई गएराति साढे ११ बजे गौशाला चोकस्थित एक दोहरी साँझबाट पक्राउ गरेको हो । उनीहरुले उक्त दोहरी साँझका कर्मचारी तथा ग्राहकलाई कुटपिट गरी भाग्दै गरेको अवस्थामा महानगरी प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

पक्राउ परेका चार जनाले चावहिल, गौशाला र तिलगंगा क्षेत्रमा स्थानीय व्यापारी तथा सर्वसाधारणलाई कुटपिट गर्ने, डर त्रास देखाउने र शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने काम गरेको प्रहरीको भनाइ छ ।

Womui
Womui