एक हजार पाँच सय लिटर डिजल र दुई सय लिटर पेट्रोलसहित दुई पक्राउ

44

लहान,  कात्तिक २२

भारतले लगाएको अघोषित नाकाबन्दीका कारण मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भइरहेको अवस्थामा सिरहा प्रहरीले गए राति विभिन्न पेट्रोल पम्पमा लुकाएर राखिएको ठूलो परिमाणको पेट्रालियम पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले लहानस्थित मुरारका आयल ट्रेडर्सबाट ६० लिटर पेट्रोल र सिरहाको धनगढीस्थित गुप्ता आयल स्टोरबाट ११ लिटर डिजल बरामद गरेको हो । इलाका प्रहरी कार्यालयका अनुसार टोलीले दुवै पेट्रोल पम्पसहित पेट्रोल पम्पका छेउछाउमा बेवारिसे अवस्थामा राखिएको करिब एक हजार ५०० लिटर डिजल र दुई सय लिटर पेट्रोल बरामद गरेको छ । यसैबीच पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको आरोपमा मुरारका आयल ट्रेडर्सका रामवली महतो र गुप्ता आयल स्टारका दीलिप साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी जानकारी दिए ।

Womui
Womui