मधेशवादी दल र थारू समुदायले उठाएका माग जायजः उपराष्ट्रपति पुन

45

काठमाडौं, कात्तिक २२

उपराष्ट्रपति नन्दबहादुर पुनले मधेशवादी दल र थारू समुदायले उठाएका माग राजनीतिक रुपमा जायज भएको बताएका छन्। पुनले स‌ंविधान निर्माणमा सञ्चारमाध्यमको सकारात्मक भूमिकाका कारण संविधान जारी गर्न सम्भव भएको बताउँदै  आइतबार आफूलाई बधाइ दिन उपराष्ट्रपति कार्यालय पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग मधेशवादी दल र थारू समुदायले उठाएका माग राजनीतिक रुपमा जायज भएकाले सरकारले वार्ता गरी संविधान संशोधन गरेर माग सम्बोधन गर्नुपर्ने बताए।

उनले आन्दोलनरत दलहरुसँगको वार्तालाई थप तिब्रता दिन सरकारलाई सुझाव समेत दिएका छन्।

Womui
Womui