मधेसमा जारी आन्दोलनको समर्थन गर्दै मुस्लिम समुदायको र्‍याली

52

रौतहट, कात्तिक २२

तराई मधेसमा जारी आन्दोलनलाई समर्थन गर्दै मुस्लिम संघर्ष गठबन्धनले र्‍याली प्रदर्शन गरेको छ । आइतबार सदरमुकाम गौरमा गठबन्धनले  र्‍याली प्रदर्शन गरेको हो । उक्त र्‍यालीमा हजारौंको सहभागिता रहेको थियो । प्रदर्शनले गर्दा र्‍याली निस्किएको सडक अस्तव्यस्त बनेको थियो । प्रदर्शनका क्रममा मधेसका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राख्दै नाराबाजी गरिएको छ । पछिल्लो समयमा गौरमा मधेस आन्दोलनको समर्थन गर्दै विभिन्न जातीय समुदायले र्‍याली प्रदर्शन गर्ने क्रम बढिरहेको छ । यसैबीच  आइतबार यहाँ कानुन व्यवसायीहरुले पनि तराई मधेसमा जारी आन्दोलनको समर्थन गर्दै जुलुस प्रदर्शन गरेका छन् ।

Womui
Womui