राति १० बजेसम्म मात्र देउसीभैलो खेलौं, पटाका नपड्काऔः गृह

31

काठमाडौं, कात्तिक २२

गृह मन्त्रालयले विज्ञप्ति निकाल्दै राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न आम सर्वसाधारणसँग आग्रह गरेको छ । आइतबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले शान्तिसुरक्षालाई खल्बल्याउन चाहनेले मौका पाउने बताउँदै यस्तो आग्रह गरेको हो । यसका साथै विज्ञप्तिमा पटाकाजन्य विष्फोटक पदार्थको उत्पादन, ओसारपसार र पटाका नपड्काउनसमेत आग्रह गरेको छ । साथै निषेधित गरिएको कार्य गर्नेलाई कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ ।

Womui
Womui