मधेसी-थारु सांसदद्वारा संसद बैठक अवरुद्ध

37

काठमाडौं, कात्तिक २२

व्यवस्थापिका संसद बैठक तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आठ दलले अवरुद्ध पारेका छन् । आइतबारको संसदको बैठकमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले सरकार तराई मधेसमा भइरहेको आन्दोलनप्रति गम्भीर नभएको बताउँदै संसद बैठक प्रक्रिया रोक्न निवेदन गरेलगत्तै तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी, फोरम गणतान्त्रिकका सांसदले नारावाजी गर्दै बैठक अवरुद्ध पारेका हुन् । सभामुख ओनसरी घर्तीले आफ्नो एजेण्डा सम्बोधन गराउन पनि संसदको कारबाही अघि बढाउनु पर्ने भन्दै नाराबाजी नगर्न आग्रह गरेकी थिइन् । सभामुख ओन्सरी घर्तीले नाराबाजी रोक्न पटकपटक आग्रह गरे पनि उनीहरुले नाराबाजी जारी राखेपछि घर्तीले बैठक स्थगित गरेकी हुन्। मधेसवादी दलका सभासदको अवरोध पछि संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मकालागि स्थगित भएको छ।

 

Womui
Womui