हुम्लामा चिनियाँ इन्धन भित्रियो

42
हुम्ला, कात्तिक २२
China-petrol
स्थानीय पहलमा हुम्लामा चिनियाँ इन्धन भित्रिएको  छ । हिल्सा-सिमकोट मोटरबाटो निर्माण अबरुद्ध भएपछि स्थानीय प्रशासनले चिनिया अधिकारीलाई अनुरोध गरेपछि अनौपचारिकरुपमा नेपाली निर्माण व्यवसायीलाई इन्धन उपलब्ध गराएको हाे । पहिलो चरणमा ३० हजार लिटर इन्धन भित्रिएको व्यवसायीहरुले बताएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।
 तिब्बतको पुराङ्गकाउण्टीबाट वार्ताका लागी सिमकोट पुगेका चिनिया अधिकारीले अनौपचारिकरुपमा सघाउने प्रतिबद्धता पुरा गर्दै एक महिनापछि इन्धन पठाएका हुन् ।
Womui
Womui