भारतीय नाकाबन्दीलाई मोर्चाको बचाउ

148

विजय मल्ल,

नेपालगन्ज कात्तिक २१–
मधेसको सवाल राजनीतिक भएकाले बल प्रयोगले समस्या झन् बल्झाउने मधेसी मोर्चाका शिर्ष नेताले बताएका छन् । थरुहट, मधेस संघर्ष समिति बाँकेले शनिबार नेपालगन्जमा गरेको सभालाई सम्बोधन गर्दै शिर्ष नेताले सरकारले अहिले सम्म मागको सुनुवाई नगरेको जिकिर गरे । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्त ठाकुरले विगतका सम्झौतालाई लत्याएर प्रमुख दल र सरकारले संविधान ल्याएको बताए । उनले सरकार मधेसको मागप्रति अझैपनि गम्भिर नबनेको जिकिर गरे । संविधान संशोधन गर्दै अन्तरिम संविधान अनुसार नागरिकता प्रदान गर्ने व्यवस्था लागु नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे ।

up

नाकाबन्दीको आडमा सरकारले नै कालोबजारी गरिरहेको आरोप लगाउँदै नेपालमा भारतविरोधी गतिविधी बढेकोमा आपत्ति जनाए । उनले भने–‘सरकार सशस्त्र, प्रहरी र सेनालाई सडकमा ल्याएर मधेशको जायज मागलाई तुहान बन्दुकको सहारामा समाधान गर्न खोजिरहेको छ, मधेसी जनताको घर–घरमा पसेर गोली ठोकिरहेको छ ।’ मधेशको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनको चेतावनी छ । मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, घाईतेको उपचार, क्षतिपुर्ति, सेनालाई ब्यारेकमा राख्नुपर्ने उनको धारणा थियो । अध्यक्ष ठाकुरले अगाडी थपे –‘हामी वार्ताका लागि तयार रहदाँ सरकारले वेवास्ता गर्ने र वार्तालाई भंग गर्न खोजिरहेको छ ।’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसीमाथि सरकारले गरेको दमनकाविरुद्ध चलेको आन्दोलन नेपालको ईतिहासमा सबैभन्दा लामो र कठोर आन्दोलन भएको भन्दै गर्व गरे ।

राज्य पुर्नसंरचना सहित संविधान संसोधन नभएसम्म आन्दोलन नरोकिने यादवले प्रष्ट्याए । एक मधेश, एक प्रदेशलाई टुक्र्याएर पाँच प्रदेशमा मिलाउनु गलत भएको भन्दै हिमाल, पहाडमा र तराई मिसाउनुको तात्पर्य मधेसलाई लुट्न खोजिएको बताए । ‘हक अधिकारका लागि लड्नु अपराध होईन, बरु राज्यले जानी–जानी ४८ जना मधेसी सपुतको ज्यान हत्या गरिसकेको छ,’ उनले भने । शान्तिपूर्ण आन्दालनमा राज्यले दमन गर्दैमा, बन्दुक देखएर आफुहरुले आन्दोलन नरोक्ने यादवले दोहो¥याए । नेपालमा भारत विरोधी गतिविधी बढाएको तर, नाकाबन्दी भारतले नभएर मधेसी मोर्चाले गरेको उनले दाबी गरे । उनले भने, ‘मधेसको अधिकार नभएको संविधान हामी स्वीकार्दैनौ, संविधान पुर्नलेखन गरिनुपर्छ, अन्तरिम संविधान अनुरुप नागरिकता वितरण र मधेशी जनसंख्याका आधारमा राज्यको हरेक अंगमा सहभागिता हुनुपर्छ ।’ मधेसीको माग पुरा नहुँदा सम्म सरकारलाई कर नदिने र सरकारी कार्यालय पनि सबै बन्द गरिदिने चेतावनी दिए ।

तराई मधेश सदभावनाका अध्यक्ष महेन्द्र यादवले सरकारले नै वार्ता गर्न नचाहेको बताए । ‘केपी ओली नेतृत्वको उग्रवादी र मण्डले सरकारले आन्दोलन विथोल्न भारतीय नाकाबन्दीको कुरा मात्र गरिरहेको छ,’ उनले भने । मधेसीहरुको नागरिकता सम्बन्धिको अधिकारलाई कुण्ठित गर्दै नेपाल–भारत बीचको रोटीबेटीको सम्बन्धलाई चिस्याउने काम भएको गुनासो गरे । त्रिभुवन चोक पुर्वतर्फ नेपालगन्ज उद्योगा बाणिज्य संघ कार्यालय सामुन्ने भएको मोर्चाको सभामामा करिव २ सय कार्यकर्ता सहभागि भएका थिए । मोर्चाका जिल्ला नेताले प्रचार गरेजति कार्यकर्ता उपस्थित भएनन् । कार्यकर्ताको संख्या देखेर मोर्चाका नेताहरु निराश देखिएका थिए । सभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो उपस्थित हुने प्रचार गरिएपनि उनी अनुपस्थित भए ।

Womui
Womui