पेट्रोलियम अभावले अस्पताल क्षेत्रमा कठिनाइ

159
काठमाडौं, कात्तिक २२
नेपाल चिकित्सक संघले सरकार र आन्दोलनरत समूहलाई परिणाममुखी वार्ताको माध्यमले समस्या समाधान गर्न अपिल गरेको छ ।
 संघले  तराइको विभिन्न भागमा भइ रहेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीले उत्पन्न पेट्रोलियम अभावले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा समेत कठिनाइ उत्पन्न भएको जनाएको छ । संघको अनुसार मुलुक भरीमा अत्यावश्यक औषधि अभावले सर्वसाधारणको सहज उपचारको लागि असहज परिस्थिति उत्पन्न भएको उल्लेख गर्दे संघले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्र प्रभावित हुन पुगेकोमा छ ।
संघले हालको परिस्थितिको समाधानको लागि छिट्टै् सार्थक र परिणाममूखी वार्ताबाट उत्पन्न परिस्थितिलाई आपसी सहमतिमा सुल्झाउन संघ र आन्दोलनरत पक्षसंग आग्रह समेत गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।
Womui
Womui