ग्यासमा कालोबजारी गरेको आरोपमा बाँकेको मनकामना ग्यास उद्योगका मालिक पक्राउ

107
नेपालगन्ज, कात्तिक २०
बाँकेको गनापुरमा अवस्थित मनकामना ग्यास उद्योगका मालिक राजेशलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । देशमा खाना पकाउने ग्यासको चरम अभाव भइरहेको बेला प्रतिसिलिण्डर ५ हजारदेखि ७ हजार रुपैयाँसम्म बेचेको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । बिहीबार श्रेष्ठमाथि गरिएको छानबिनपछि उनलाई प्रहरी हिरासतमा राखिएको थियो भने प्रहरी शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा पेस गरेको छ।  जिल्ला अधिकारी बाँकेका प्रमुख वेदप्रकाश लेखकका अनुसार उजुरीबारे अनुसन्धान भइरहेको छ भने उद्योगको अवस्था बुझ्न टोली पठाइएको छ । १ लाख सिलिण्डर क्षमता भएको उद्योगले ग्यासमा कालोबजारी गरेको पुष्टि भए कानुनी बमोजिम कारबाही गरिने प्रमुख लेखकले बताए ।
Womui
Womui