फुटबल स्टार डेभिड बेकह्याम काठमाडौंमा

48

काठमाडौं, कात्तिक २०

David-Beckhamविश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न शुक्रबार नेपाल आएका छन्। बीबीसी डकुमेन्ट्री निर्माणको टोलीसँगै उनी काठमाडौं आएका हुन्। दुई वर्षअघि व्यवसायिक फुटबलबाट सन्यासका उनी सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने क्रममा नेपाल आउन लागेका हुन्। युनिसेफ युकेका सद्‌भावना दूत रहेका उनी युनिसेफलाई सघाउने उद्देश्यले ७ दिनमा ७ महाद्विपमा फुटबल खेल्ने क्रममा नेपाल आइपुगेका छन्।

टमौदी पुगेर उनी बालबालिकासँग फुटबल खेल्नेछन्। पपुवा न्यूगिनीमा स्थानीय बालबालिकासँग फुटबल खेलेर नेपाल आएका हुन् । उनी नेपालबाट अर्जेन्टिना जाने कार्यक्रम छ । बेकह्यामले थप अन्टार्कटिका, जिबुटी, मायामी, ब्युनस आयर्समा फुटबल खेल्नेछन्। सात महादेशको भ्रमणबाट वेलायत फर्किएर बेकह्यामले अन्तिम खेल म्याचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोडमा खेल्नेछन। सो क्लबबाट उनले ११ वर्ष व्यवसायिक फुटबल खेलेका थिए।

बीबीसी वान र बीबीसी विश्व सेवाको टोलीले निर्माण गर्ने डकुमेन्ट्री ९० मिनेटको हुनेछ। सन् २००५ देखि युनिसेफ युकेको सद्भावना दूत रहेका उनी मलेरिया नो मोर नाम संस्थाका समेत सद्भावना दूत हुन्।

Womui
Womui