बाँध भत्किँदा ब्राजिलमा १५ को मृत्यु

36

रियो डि जेनेरियो (एजेन्सी), कात्तिक २०

दक्षिणपूर्वी ब्राजिलमा एउटा बाँघ भत्किँदा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ। सो बाँधमा परी अरु कैयौँ व्यक्ति हराइरहेका पनि समाचारमा जनाइएको छ। त्यसमा परी कतिजना हराएका छन् भन्ने बारेमा खोज्न तालिमप्राप्त कुकुर लगाइएको जनाइएको छ ।  पीडितहरु त्यसमुनि पुरिएका अनुमान गरिएको छ । मध्य मारियाना जिल्लामा रहेको बाँध भत्किएपछि त्यसमा परी कम्तीमा पनि ४५ जना हराइरहेको बताइएको छ । ब्राजिलको एक पत्रिका जि१ ले दिएको तस्विरमा हिलोको थूप्रो थियो र हिलाम्मे शबहरु देखाएको छ । सो क्षेत्रमा उद्धाको कार्य जारी रहेको छ । उद्धारका लागि ठूलो संख्यामा व्यक्ति परिचालित गरिएको पनि अधिकारीहरुले जनाएका छन् । स्थिति एकदमै खतरनाक रहेको र यसपछि पनि पहिरोको खतरा रहेको बताइएको छ ।  यस विषयमा विस्तृत विवरण आउन बाँकी नै रहेको छ । रासस, सिन्ह्वा
Womui
Womui