रुपन्देहीमा आज ११ बजेदेखि पेट्रोल वितरण हुने (पम्पको नामावलीसहित)

130

रुपन्देही, कात्तिक २०

जिल्लामा शुक्रबार ६० हजार लिटर पेट्रोल वितरण गरिने भएको छ । जिल्लाका २० वटा पेट्रोलपम्मबाट पेट्रोल वितरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज निजी कार, ट्याक्सी र मोटरसाइकल धनीका लागि पेट्रोल वितरण हुने भएको छ । बिहान ११ बजे देखि पेट्रोल वितरण हुने प्रशासनले जनाएको छ । यसअघि दसैंअघि मात्र इन्धन वितरण गरिएको थियो । पेट्रोल वितरण हुने प्रत्येक पम्पलाई निगमले तीन हजार लिटर पेट्रोल दिएको छ । सवारी धनीहरुले सवारीको ब्लुबुक लिएर मोटरसाइकलमा पाँच सय रुपैयाँको र निजी कार र ट्याक्सी एक हजार दुई सय रुपैयाँ पेट्रोल पाउने छन् । Rupandehi petrol

पेट्रोल वितरण हुने २० वटा पेट्रोलपम्म मध्ये ३ वटा सर्राफ आयल सप्लायर्स लुम्बनी रोड, कालिका डिजल्स बुटवल र ज्ञानश्वर महादेव पेट्रोलियम मणिग्राममा निजी कार र ट्याक्सीलाई पेट्रोल वितरण गरिने छ भने अन्य १७ वटा पेट्रोलपम्पबाट मोटरसाइकललाई पेट्रोल वितरण गरिने प्रशासनले जनाएको छ ।

Womui
Womui