जीप दुर्घटनामा दुईको मृत्यु

34

बैतडी, कात्तिक २०

जिल्लाको ग्वाल्लेकमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । देहीमाण्डौंबाट गिरेगडा तर्फ गइरहेको से१ज ३७३ नम्बरको जीप हिजो ग्वाल्लेक गाविस वडा नं २ सैनीखानमा दुर्घटनाग्रसत भएको हो । दुर्घटनामा परी दशरथचन्द नगरपालिका वडा नं ७ का १८ वर्षीय रेखा भट्ट र ग्वाल्लेक गाविस वडा नं ९ का ७० वर्षीय तारादत्त जोशीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा ग्वाल्लेक ६ का ११ वर्षीय सरस्वती जोशी,ग्वाल्लेक वडा नं ४ का १५ वर्षीय प्रकाश जोशी,ग्वाल्लेक ५ का १५ वर्षीय सरस्वती पन्त, ग्वाल्लेक २ का ३० वर्षीय तेज बहादुर चन्द, ग्वाल्लेक २ का २२ वर्षीय भागरथी जोशी, नागार्जुन ५ का ५८ वर्षीय पार्वती पन्त, दशरथचन्द नगरपालिका वडा नं ७ का १२ वर्षीय निरज भट्ट र ग्वाल्लेक २ का ४१ वर्षीय लोकराज जोशी रहेका छन् । घाइतेमध्ये लोकराज जोशीको अवस्था चिन्ताजनक रहेकोले उनलाई थप उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेको छ । अन्य घाइतेहरुको जिल्ला अस्पातल बैतडीमा उपचार भइरहेको छ । जीप चालक ग्वाल्लेक २ का गोपाल जोशी फरार रहेका छन् । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

Womui
Womui