मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

47
झापा, कात्तिक २०
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछीमा गएराति मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उक्त ठक्करबाट तोपगाछी– ३ निवासी ६० वर्षीया डम्बरकुमारी कार्कीको मृत्यु भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई पूर्वबाट पश्चिमतर्फ गइरहेको मे७प २१०० नंको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख रोशन आचार्यले बताए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा गएराति मृत्यु भएको हो ।

 

Womui
Womui