निगमले दियो प्रतिलिटर २३१ रुपैयाँमा पेट्रोल किन्न पेस्की

19

काठमाडौं, कात्तिक २०

नाकाबन्दीकाबीच भारतबाटै २३१ रूपैयाँमा अब पेट्रोल आउने भएको छ । नेपाल आयल निगमले प्रतिलिटर १ सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी अहिलेभन्दा दोब्बर बढी मूल्यमा पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । यसका लागि निगमले २० करोड रुपैयाँ पेस्कीसमेत दिइसकेको छ ।

निगमले २० करोड रुपैयाँ पेस्की दिएर इन्धन ल्याउन स्वीकृत दिएको विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोर्दै इन्धन खरिद गर्न लागेको छ । आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर (भन्सासहित) मा खरिद गर्न लागेको छ ।

यो इन्धन हालकै बजार मूल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ । जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

निगमले सुटुक्क अनुमति दिएको विराट पेट्रोले सिलिगुढीमा रहेको भारत पेट्रोलियमको रिफाइनरीमा नेपालका लागि तेल ल्याउन ट्याकंर लोड गरेको आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । ‘सम्झौता अनुसार तेल दिन विराट पेट्रोले आसाममा ट्याकंरमा तेल लोड गरिसकेको छ’ बिहीबार ससदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा उनले भने ।

Womui
Womui