दाता विद्यालय बनाउन तयार, सरकार डिजाइन दिँदैन

33

काठमाडौं, कात्तिक २०

भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणका लागि स्वदेशी संघसंस्था तयार भएपनि सरकारले डिजाइन उपलब्ध गराउन नसक्दा निर्माण कार्य सुरु हुन नसकेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।
क्षति भएका ५ सय विद्यालयका २ हजार ५ सय कक्षाकोठा बनाउन करिब २ अर्ब लगानी गर्न ४८ संस्था तथा व्यक्तिले शिक्षा विभागसँग सम्झौता गरिसकेका छन् । भूकम्प गएको ६ महिना बितेको छ । अब निर्माण हुने विद्यालय भवन कस्तो बनाउने भन्ने डिजाइन विभागसँग छैन । जाइका र एडीबीले प्रभावित जिल्लामा भवन निर्माण गरिदिने भन्दै विभागले विद्यालय भवन पुनर्निर्माण गर्न बजेट शून्य राखेको छ । एडीबीसँग सम्झौता भए पनि जाइकासँग अझै सम्झौता भएको छैन । विभागकै लापरबाहीले प्रभावित जिल्लाका विद्यार्थी छाप्रोमा पढ्न बाध्य छन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले भूकम्प प्रभावित १४ जिल्लामा १ सय ४० विद्यालय बनाउन विभागसँग सम्झौता भएको तीन महिनाभन्दा बढी हुँदा पनि डिजाइन नपाउँदा काम सुरु गर्न नसकेको बताए । विभागसँगको सम्झौताअनुसार २२ करोड ४० लाख खर्च गर्ने योजना अघिसारेको छ । ‘हाम्रो इच्छाले विद्यालय बनाइदिन्छौं भनेर डिजाइन लिन ४० पटकभन्दा बढी गइसक्यौं,’ उनले भने, ‘जहिले गए पनि हुन्छ भनेर फर्काउने गरेको छ । अब त दिक्क लागिसक्यो ।’ यसले दातालाई थप निराश बनाएको महासंघको टिप्पणी छ ।

 

Womui
Womui