भारतीय कष्टमले नेपाली पक्षलाई टेर्दैन

68

नेपालगन्ज, कात्तिक २०–
सिमावर्ती छिमेकी बजार रुपैडिहामा रोकिएका सवारी साधनलाई सहज रुपमा नाका प्रवेशको अनुमति दिन नेपाली पक्षले गरेको आग्रहलाई भारतीय कष्टमले सिधै बेवास्ता गरेको छ । ‘माथिको आदेश’ भन्दै कष्टमले मंगलबार अपरान्हबाट नेपालतर्फ आउन लागेका सयौं मालबाहक र पेट्रोलियम ट्यांकरलाई प्रवेश अनुमति दिनमा रोक लगाएको थियो । कष्टमले कडाई गर्दा तीन दिनदेखि अधिकांस सवारी साधन रोकिएका हुन् । भारतीय कष्टमले बिहीबार पनि मालबाहक र पेट्रोलियम ट्यांकरलाई सहज रुपमा प्रवेश अनुमति नदिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

कष्टमले एकाध मालबाहक सवारी साधनलाई मात्र प्रवेश अनुमति दिएको प्रहरीले जनाएको छ । ‘कष्टमले मन लागे छाड्ने र मन नलागे रोक्ने काम गरिरहेको छ,’ इप्रका जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) विष्णु गिरीले भने । इप्रका जमुनाहाका अनुसार रुपैडिहामा बिहीबार बेलुका सम्म प्रवेश अनुमति नपाएर रोकिएका मालबाहक र पेट्रोलियम ट्यांकरको संख्या १ सय ५० नाघेको छ । त्यसमध्ये ५ वटा पेट्रोलियम ट्यांकर र २ वटा ग्यास बुलेट रहेको बताइएको छ । ‘भारतीय कष्टमले अनुमति दिनमा आनाकानी गरेपछि सयौं सवारी साधन रुपैडिहमा रोकिएका छन, हामीले पटक–पटक गरेको अनुरोधलाई कष्टमका कर्मचारीले बेवास्ता गरे,’ सई गिरीले सुनाए । कष्टमका कर्मचारीको भित्रि मन्साय बुझ्न गाह्रो भएको नेपाली अधिकारी बताउँछन् ।

भारतीय कष्टमले प्रवेश अनुमती नदिदाँ रोकिएका सवारी साधन ।
भारतीय कष्टमले प्रवेश अनुमती नदिदाँ रोकिएका सवारी साधन ।

सिमा नजिक कष्टमले अनुमति नदिइरहेका बेला भारतीय सुरक्षाकर्मीले केही पेट्रोलियम ट्यांकरलाई बाबागन्जमै रोकेर अगाडी बढ्न नदिएको आयल निगमका क्षेत्रीय प्रमुख श्रीचन्द्र श्रेष्ठले बताए । भारतको गोण्डा डिपोमा इन्धन भरेर फर्किएका कुल २१ वटा ट्यांकर मध्ये १४ वटा पेट्रोलियम ट्यांकरलाई भारतीय सुरक्षाकर्मीले असुरक्षाको कारण देखाउँदै बाबागन्जमा रोकेको जानकारी आफुलाई प्राप्त भएको उनले बताए । ‘सिमा प्रवेशमा यतातिर कष्टमले अवरोध गरिरहेको छ, उतातिर बाबागन्जमा पनि सुरक्षाकर्मीले ट्यांकरहरुलाई अगाडी बढ्न नदिएको जानकारी आएको छ,’ श्रेष्ठले भने । बाबागन्ज रुपैडिहाबाट करिव ७ किलोमिटर टाढा पर्छ । भारतीय कष्टमले सिमा प्रवेशको अनुमति नदिएपछि तीन दिनदेखि कुनैपनि पेट्रोलियम ट्यांकर भित्रिन नपाएको उनले बताए । ‘तीन दिनदेखि कुनैपनि पेट्रोलियम ट्यांकर भित्रिन पाएका छैनन, इन्धन नआउँदा वितरणमा चरम संकट परिरहेको छ,’ उनले थपे ।

A

भारतीय कष्टमसँग अनुमति माग्दा आफ्नो निकायबाट आदेश नआउँदा सम्म नछाडिने जवाफ दिएको क्षेत्रीय प्रमुख श्रेष्ठले बताए । कष्टमले सिमा प्रवेश अनुमति रोक्नु अघि सोमबार वीरगन्ज नाकामा भएको तनावलाई मध्यनजर गर्दै भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपालबाट सवारी साधन भारत प्रवेशमा रोक लगाएको थियो । नयाँ संविधान घोषणा भए लगत्तै असन्तुष्टी जनाउँदै भारतले अघोषित नाकाबन्दी गर्दा रुपैडिहा नाकामा पनि एसएसबीले सवारी साधन नेपाल प्रवेशमा अवरोध गर्दै आएको थियो । त्यसयता नेपाली अधिकारीहरुले आफ्नो समय दिनहुँ भारतीय काउण्टरपार्टलाई अनुरोध गर्नमै खर्चिनु परेको छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui