उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले शपथ लिए

103

काठमाडौं, कात्तिक १९

उपप्रधानमन्त्रीहरू चित्रबहादुर केसी, चन्द्रप्रकाश मैनाली र भीम रावल लगायत बिहीबार नियुक्त भएका मन्त्रीहरूले अहिले राष्ट्रपति भवन शितल निवासमा सपथ लिएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा राष्ट्रपति विद्या भण्डारीले उनलाई सपथ खुवाएकी छन्। उपप्रधानमन्त्रीसँगै केसीले गरिबी निवारण, मैनालीले महिला बालबालिका तथा समाज कल्याण र सहरी विकास मन्त्रीको रूपमा सपथ लिएका छन्। बिहीबार सपथ लिने थप मन्त्रीहरूमा विष्णु पौडेल (अर्थ) शेरधन राई (सूचना तथा प्रविधी र शान्ता मानवी (श्रम) र अानन्द पोखरेल(पर्यटन) रहेका छन्।

Womui
Womui