अष्टलक्ष्मीले मन्त्री पद अस्वीकार गरेपछि मानवी पुगिन् शीतल निवास

111

काठमाडौं, कात्तिक १९

नेकपा एमालेले बिहीबार सरकारमा पठाउने श्रम तथा रोजगार मन्त्री अष्टलक्ष्मी शाक्यको नाम टुङ्गो लगाए पनि  शाक्यले मन्त्री बन्न अस्वीकार गरेपछि उनको सट्टा एमालेकै पोलिटब्यूरो सदस्य तथा सांसद शान्ता मानवीलाई शपथ ग्रहण गराउन लागिएको छ । शाक्यले एउटै मान्छे कति पटक मन्त्री हुने ? भन्दै मन्त्री पद अस्वीकार गरेको बताइन् ।  उनी यसअघि महिला बालबालिका र उद्योग मन्त्री भइसकेकी छिन् । यसैबीच मानवीलाई सपथग्रहणका लागि बोलाइएपछि उनी शीतल निवास पुगेको स्रोतले जनाएको छ । मानवी बामदेव गौतम निकट मानिन्छिन् । अर्घाखाँचीकी स्थायी बासिन्दा मानवी १२ वर्षको उमेरमा बिधवा भएकी थिइन् । त्यसपछि घरमा बस्न नसकेर केही समय माइती बसेपछि उनी भूमिगत कम्युनिस्ट राजनीतिमा लागेकी हुन् ।

Womui
Womui