चीनसँग भयो थप ७ नाका खोल्ने सम्झौता

260

काठमाडौं, कात्तिक १९

नेपालले चीनसँग थप ७ वटा नाका खोल्ने सहमति गरेको छ । लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीले जनजीवन कष्टकर बन्दैपछि संखुवासभाको किमाथाङका, मुस्ताङको कोराला, ताप्लेजुङको ओलाङ्चुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर तथा मुगु नाका व्यापारिक प्रयोजनका लागि खुला गर्ने सम्झौतामा दुवै पक्षबीच हस्ताक्षर भएको हो। चीनसँग अहिले दोहोरो व्यापार गर्न तातोपानी र केरुङ नाका स्थापित छन्। भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्ने तयारी भइरहेको छ। केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी स्तरउन्नति गर्न तथा तातोपानी नाका छिटै सञ्चालन गर्न दुवै पक्षबीच सहमति भएको छ।सम्झौतापत्रमा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गाना तथा चीनको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गरेका छन्।

Womui
Womui