एमालेद्वारा सरकारमा सहभागी हुने मन्त्रीको नाम सार्वजनिक

93

काठमाडौं, कात्तिक १९

UML-Logo-original-300x300नेकपा एमालेले बिहीबार सरकारमा जाने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले शीर्षा नेताको छलफलले सरकार जाने चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । एमालेले उपप्रधानमन्त्रीमा भीम रावल, अर्थमन्त्रीमा विष्णु पौडेल, श्रम तथा रोजगारमा अष्टलक्ष्मी शाक्य, सूचना तथा सञ्चारमा शेरधन राई र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आनन्द पोखरेललाई सरकारमा पठाउने निर्णय गरेको छ । यसैबीच आज अपरान्ह ४ बजे पाँच मन्त्रीले शपथ लिने छन् भने उनीहरुले शपथ लिएसँगै एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीको सङ्ख्या आठ पुग्ने छ ।

Womui
Womui