जुवातास नियन्त्रण गर्न प्रहरी सक्रिय

50

भगीरथ अवस्थी
बैतडी, कात्तिक १८
हिन्दू धर्मावलम्बीको दोश्रो ठूलो चाड तिहार नजिक आएका बेला बजार तथा ग्रामीण क्षेत्रमा हुने गरेको जुवातास नियन्त्रणका लागि प्रहरीले सक्रिय भएको छ । जुवातासका कारण समाजमा विभिन्न खालका समस्या आउने भएकाले त्यसको नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको हो ।
पाटन तथा आसपासका क्षेत्रमा जुवातास हुन थालेपछि त्यसको नियन्त्रणका लागि प्रहरी सक्रिय भएर लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कृष्ण साउँदले जानकारी दिए । पाटन आसपासका क्षेत्रमा प्रहरीको गस्ती बढाएर जुवातासमा रोक लगाएको उनले बताए । त्यस्ता ठाउँमा प्रहरीले आफ्नो सक्रियता बढाएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले यस अघि नै दसैं तथा तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरी काम गरीरहेको छ ।

Womui
Womui