एमाओवादीका पाँच नेता निष्काशित

48

काठमाडौं, कात्तिक १८

एकीकृत नेकपा(माओवादी)ले नयाँ शक्ति निर्माणको नाममा पार्टी विरोधी गतिविधि गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको र अनुशासन उल्लङ्घन गरेको भन्दै ती नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । पार्टीको नीति र सिद्धान्त विपरीत गएर गतिविधि गरेको भन्दै रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मा र गङ्गानारायण श्रेष्ठलाई निष्कासन गरिएको छ । यस्तै नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिन पाऊँ भन्दै मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउने स्थायी समिति सदस्य देवेन्द्र पौडेल र नेत्री हिसिला यमीलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत बैठकले गरेको छ। मङ्गलबार मात्रै नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिन पाउँ भन्दै एमाओवादीका ४५ जना नेताले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए।

 

Womui
Womui