कांग्रेस केन्द्रीय समितिमा पार्टीको समीक्षा आज पनि

86

काठमाडौं, कात्तिक १९ –

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पार्टीले गरेका कामको समीक्षा भइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बिहीबार बिहान ११ बजेपछि सुरु हुने बैठकमा पनि नेताहरुले पार्टीले गरेको काम, प्रधानमन्त्री तथा राष्ट्रपति निर्वाचनमा पार्टीले गरेको कमजोरीलगायतका विषयमा धारणा राख्नेछन् । यसअघिको बुधबारको बैठकमा नेताहरुले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिने सभापति कोइरालाको निर्णय गलत र अपरिपक्क भएको भन्दै त्यसको विपक्षमा धारणा राखेका थिए ।

Womui
Womui