योजना आयोगको उपाध्यक्षमा युवराज खतिवडा

49

काठमाडौं, कात्तिक १८

नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले खतिवडालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो । खतिवडा यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पनि योजना आयोगको उपाध्यक्ष थिए । यसैबीच बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री अग्नि खरेलले बताए । मधेसी मोर्चाको माग बमोजिम वार्तालाई सहज बनाउन सरकारले यो निर्णय गरेको हो । शहीद घोषणाको माग भने पूरा हुन बाँकी छ । सरकारले त्यसमा सहमति जनाइसकेको छ ।

Womui
Womui