ब्यवसायीले आजबाट सवारी साधन चलाउने

61

विराटनगर, कात्तिक १८–
झण्डै तीन महिना देखिको बन्दले यातायात क्षेत्र अस्तब्यस्त भएको भन्दै विराटनगरका ब्यवसायी र मजदुरले आजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । ब्यवसायी र मजदुरबीच मंगलबार विराटनगरमा भएको छलफलले बुधवारदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल यातायात ब्यवसायी महासंघ कोशी अञ्चल उपाध्यक्ष उत्तमराज चौंलागाईँले यातायात ब्यवसायी पलायन हुने अवस्थामा पुगिसकेकाले जोखिम मोलेरै पनि यातायात सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

biratnagar

आन्दोलनको क्रममा ८० दिनसम्म सवारी साधन बन्द गरिएको उल्लेख गर्दै चौंलागाईँले अब धान्ने अवस्था नभएको बताए । मधेसी मोर्चाले ब्यवसायीको समस्या बुझिदिनुपर्ने उनले बताए । इन्धन अभावले पूर्व्मा आधाजसो गाडी यसै पनि बन्द रहेको चौलागाईँले बताए । उनका अनुसार इन्धन अभावका कारण पूर्वी पहाडी रुटमा सञ्चालन हुने गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । मधेसी मोर्चाको बन्दले सुरसरी र मोरङको उत्तरी क्षेत्रमा प्रभाव नपरे पनि विराटनगर, इनरुवा लगायत दक्षिणी क्षेत्र भने ठप्प छ । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui