वीरगंजमा साढे दुई घण्टा कर्फ्यु खुलाईयो

42

वीरगन्ज, कात्तिक १८–
स्थानीय प्रशासनले वीरगन्जमा लगाउँदै आएको कफर््यु हटाएको छ । सोमबार दिउँसो तीन बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज विहान साढे आठ बजेदेखि ११ बजेसम्मका लागि खोलिएको हो । सोमबार प्रहरी र मधेसीमोर्चाका कार्यकर्ताबीच भएको झडपमा एक भारतीय नागरिकको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकासम्म कर्फ्यु आदेश जारी गरेको थियो । वीरगंजका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सर्वसाधारणलाई अत्यावश्यक सामाग्री खरिद गर्न र जनजीवन सामान्य बनाउन केही समयका लागि कर्फ्यु हटाइएको बताए । मोर्चाले आन्दोलन जारी राखेकाले स्थिती अझै शान्त बन्न सकेको छैन ।

Womui
Womui