नाकामा एसएसबीको मनपरी

175

नेपालगन्ज, कात्तिक १८–
रुपैडिहा नाकामा एसएसबीले सवारी साधन कहिले भारत प्रवेशमा रोक लगाउने, त कहिले भारतबाट नेपाल प्रवेशमा रोक लगाउँदा नेपाली सुरक्षाकर्मी वाक्क भएका छन् । अचानक गर्ने नाका अवरोधलाई एसएसबीले ‘माथिको आदेश’ भन्दै छोटो जवाफ दिने गरेको छ । ‘कहिले भारतबाट नेपालतिर सवारी साधन आउन नदिने र कहिले नेपालबाट भारततिर सिमा प्रवेश गर्न नदिने एसएसबीको चरित्र बुझिनसक्नु छ,’ ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज विष्णु गिरीले भने । नयाँ संविधान घोषणा भएपछि असन्तुष्टी जनाएको भारतले रुपैडिहा नाकामा पनि अघोषित रुपमा ‘नाकाबन्दी’ लगाएको थियो । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै भारतले नाटकिय शैलीमा सिमापारी रोकिएका पेट्रोलियम ट्यांकर तथा अन्य मालबाहक ट्रक छाड्न सुरु ग¥यो ।

1

नाका प्रवेशमा सहज वातावरण बनाएपनि भारतीय आयल निगमको गोण्डा डिपोबाट इन्धन आपुर्तिमा कडाई गरिदियो । पर्याप्त मात्रामा इन्धन नदिएर नेपालमाथि नाकाबन्दीका अस्त्र बाँकी राखिरहेका बेला सोमबार वीरगञ्ज नाकामा तनाव उत्पन्न भएपछि भारतले अचानक सवारी साधन भारत प्रवेशमा रोक लगाएको थियो । त्यसको २४ घण्टा वित्न नपाउँदै मंगलबार बिहानदेखि सहज रुपमा नाकामा आवत–जावत गर्न दिएको भारतले अपरान्हबाट पुनः अवरोध सिर्जना गरेको छ ।  ईप्रका जमुनाहाका अनुसार भारतीय कस्टमको अवरोधपछि नेपाल प्रवेश गर्ने मालबाहक ट्रकहरु नाकामै रोकिएका छन् । माथिको आदेश भन्दै भारतीय पक्षबाट सिमा प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ । त्यसअघि बिहान २४ वटा पेट्रोलियम ट्यांकर सहित कुल ६५ वटा मालबाहक ट्रक नेपाल भित्रिएका थिए ।

पेट्रोलियम ट्यांकर मध्ये १६ ट्यांकर डिजल, ६ ट्यांकर पेट्रोल र २ बुलेट एलपी ग्याँस रहेको छ । जमनाहा–रुपैडिहास्थित दसगजा क्षेत्रमा केहीदिन सम्म धर्नामा बसेको आन्दोलनरत मधेसी मोर्चा दुईदिन यता अनुपस्थित छ । सिमा क्षेत्रमा आन्दोलनकारीको धर्ना नहुँदा पनि भारतीय सिमा सुरक्षा बल एसएसबीको मनोमानीमा नाका खोल्ने र बन्द गर्ने काम भइरहेको नेपाली सुरक्षाकर्मी बताउँछन् । ‘भारततिर नाका खोल्ने र बन्द गर्ने सम्पुर्ण अधिकार एसएसबीलाई मात्र छ,’ एक प्रहरी अधिकृतले भने ‘नाका किन बन्द गरेको भनेर सोध्दा उसले माथिको आदेश छ भन्छ ।’

Womui
Womui