रसुवा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

45

रसुवा, कात्तिक १७–
काठमाडौंबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार मृतकको संख्या ३५ पुगेको हो । ‘भीरबाट ३० वटा शव माथि सडकमा ल्याइएको छ,’ प्रजिअ गेलालले भने । घटनाका ३५ जना घाइतेलाई उपचारका जिल्ला अस्पताल र काठमाडौं पठाइएको गेलालले बताए ।

पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब २ सय मिटर तल खसेको गेलालले जानकारी दिए । बसभित्र र छतमा खचाखच यात्रु थिए । घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ । गम्भीर घाइतेलाइ थप उपचारका लागि काठमाडौं पठाइएको छ । केही यात्रुले बसको छतबाट हाम फालेर ज्यान जोगाएका थिए । घाइते यात्रुहरूका अनुसार बसको अघिल्तिरको टायर पड्केपछि बस अनियन्त्रित भएर भिरबाट खसेको थियो । घटनास्थलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेका छन् ।

Womui
Womui