काँग्रेसले कोहलपुरमा चियापान गर्ने

175

नेपालगन्ज, कात्तिक १७–
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले विजया दसमी, दिपावली, छठ र मोहर्रमका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । यही कात्तिक १९ गते बिहान साढे ११ बजे कोहलपुरस्थित रामजानकी बोर्डिङ स्कुलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

imgres

क्षेत्रीय सभापति माधवराम खत्रीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा काँग्रेस सह–महामन्त्री पुर्णबहादुर खड्का प्रमुख अतिथी रहने जानकारी दिए । ‘पार्टीका सह–महामन्त्री ज्यू पनि सहभागि हुनु हुने पक्का भइसकेको छ,’ सभापति खत्रीले भने । उक्त कार्यक्रममा सहभागि हुन काँग्रेस क्षेत्र नम्बर १ ले जिल्ला स्तरका नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रीय पदाधिकारी लगायतलाई अनुरोध गरेको छ ।

Womui
Womui