संविधान कार्यान्वयनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यकः सभामुख घर्ती

85

काठमाडौं, कात्तिक १७

Onsari-Gharti-Magarसंविधान कार्यान्वयनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने सभामुख ओनसरी घर्तीले बताएकी छिन्। राष्ट्रिय सूचना आयोगको आयोजनामा मंगलबार काठमाडौमा सुरु भएको तीन दिने कार्यशालाको उद्घाटन गर्दै सभामुख घर्तीले संविधानको कार्यान्वयनका लागि एक सय भन्दा बढी कानुन निर्माण गर्नुपर्ने भन्दै ती कानुनको निर्माणका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी हुने बताइन्। उनले कानुन निर्माणमा जतिसक्दो धेरै सरोकारवालाको सहभागिता जुटाउन र प्रभावकारी कानुन बनाउन सूचनाको हकको पनि भूमिका हुने भन्दै सूचनाको हक सम्बन्धी कानुनको कार्यान्वयनका लागि आफूले पनि पहल गर्ने बताइन्। कार्यशालामा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र गैरसरकारी संस्थाका कार्यकर्ताको सहभागिता रहेको छ।

Womui
Womui