मन्त्री मण्डलको अभिव्यक्ति निराधारःभारतीय दूतावास

138

काठमाडौं, कात्तिक १७

भारतले बिना बर्दीको सेना नेपाल पठाउन लागेको भन्दै बिना विभागीय मन्त्री सत्यनारायण मण्डलको अभिव्यक्तिको काठमाडौंस्थित भारतीय दूताबासले खण्डन गरेको छ ।एमाले नेतासमेत रहेका मण्डलले सोमबार बिराटनगरमा भारतले अहिले सेना पठाउन नसक्ने भन्दै बिना बर्दीको सेना नेपाल पठाउन खोजेको र त्यो निकै खतरनाक हुने बताएका थिए । काठमाडौंस्थित भारतीय दूताबासले मंगलबार विज्ञप्ति निकालेर मन्त्री मण्डलको अभिव्यक्ति निराधार भएको बताएको छ । ‘मन्त्रीको अभिव्यक्ति उत्तजेक, निराधार र दुरासयपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ, यो चिन्ताजनाक छ । र, यसले नेपाल र भारतको सौहदूपर्ण सम्वन्धमा प्रभाव पार्नेछ ।’

 

Womui
Womui