६ फिट लामो अजिङ्गर भेटियो

121

कञ्चनपुर, कात्तिक १७

Anacondaउत्तरी क्षेत्र चुरेको फेदमा संरक्षित वन्यजन्तु अजिङ्गर फेला परेको छ । वेदकोट नगरपालिका–९ गाउँजी गाउँसँगै जोडिएको चुरेको फेद खुला जमिनमा अजिङ्गर फेला परेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला वन कार्यालयका जमदार अर्जुन थापाले मंगलबार बिहान गाउँजी क्षेत्रबाट फेला परेको अजिङ्गरको उद्धार गरी वन कार्यालय ल्याइएको बताए । उक्त अजिङ्गर ६ फिट लामो र पाँच किलो वजनको छ । वन कार्यालयका रेन्जर शिवराज अवस्थीको नेतृत्वका गएको टोलीले उद्धार गरेको उक्त अजिङ्गर मंगलबारै शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयमा बुझाइने छ ।

Womui
Womui