राम्चेमा बस दुर्घटना हुँदा १२ को मृत्यु, ३० घाइते

46

रसुवा, कात्तिक १७

काठमाडौंबाट  चिलिमेततर्फ गइरहेको बस राम्चे भन्ने ठाउँमा सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको ज्यान गएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। घटनामा ३० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको छ । त्यस्तै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या खुल्न सकेको छैन ।

Womui
Womui