नेपालगन्जको चिनारी, होटल ‘कलपत्रु’

50

नेपालगन्ज, कात्तिक १७–
नेपालगन्जको छुट्टै चिनारी दिने उद्धेश्यले स्थापना भएको होटल कलपत्रुले आफ्नो सेवा प्रारम्भ गरेको छ । स्थानीय व्यवसायीको लागनी नेपालगन्जको न्यूरोडमा होटल सञ्चालनमा ल्याइएको हो । होटलले आफ्नै जमिन र घरमा गुणस्तरिय सेवा सुरु गरेको जनाएको छ । स्थानीय प्रतिष्ठित व्यवसायी जगदिस बैश्य लगायतको लगानी रहेको उक्त होटलको औपचारिक शुभारम्भ आज गरिदैछ ।

नेपालगन्जको न्यूरोडमा स्थापना भएको होटल कलपत्रु ।
नेपालगन्जको न्यूरोडमा स्थापना भएको होटल कलपत्रु ।

बेलुकी ५ बजे नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्ले र नेपाल उद्योग परिसंघ बाँकेका संयोजक रतनकुमार टण्डनले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । झण्डै १२ करोडको लगानीमा सञ्चालित होटलले ‘तीन तारे’ सरहको सेवा, सुविधा ग्राहकलाई उपलब्ध गराउने सञ्चालकले बताएका छन् । ‘आन्तरिक र बाह्य पर्यटकका साथै स्थानीय स्तरमा हुने बिबाह, पार्टी, सेमिनारलाई लक्षित गरेका हौ,’ बैश्यले भने । उनका अनुसार निकट भविष्यमा होटलमा क्यासिनो पनि सञ्चालन गरिने भएको छ । होटलमा हाल २५ वटा एसी रुम, २ वटा कन्फ्रेन्स हल, रेष्टुरेन्ट रहेको छ । दुई विदेशी सहित २५ जना जनशक्ति होटलमा कार्यरत छन् ।

bed

ho

होटलको सम्पुर्ण पुर्वाधार निर्माण पुरा हुदाँ सम्म लगानी ५० करोड नाघ्ने सञ्चालक बैश्यले जानकारी दिए । नेपालगन्जको छुट्टै चिनारीका रुपमा होटल कलपत्रु सञ्चालनमा ल्याइएको उनको भनाई छ । आगामी नोभेम्बर ६ तारिखका दिन होटलमा दिन म्यूजिकल कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा फेसन सो, कुपन सहित ओपन पार्टी आयोजना गरिने होटल सञ्चालकले जानकारी दिएका छन् ।

tt

Womui
Womui