निर्दोष भारतीय मारिएः भारत

43

काठमाडौं, कात्तिक १६

 

सोमबार विरगन्जमा प्रहरीसँगको झडपका क्रममा मारिएका नागरिक निर्दोष रहेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको समस्या राजनीतिक प्रकृतिको भएकोले बल प्रयोग नगर्न घुमाउरो चेतावनी समेत दिएको छ । ‘वीरगञ्जमा आज भएको गोलप्रहारको घटनाबाट हामी गहिरो चिन्तामा छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुठभेडको अवस्था आउनुका कारणलाई नेपाल सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रुपमा सम्बोधन गर्नु पर्छ ।’

Womui
Womui