विरगन्ज झडपमा भारतीय नागरिकको मृत्यु

50

विरगन्ज, कात्तिक१६

सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ । मृत्यु हुनेमा रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार राम छन् । झडपका क्रममा शंकराचार्य गेट नजिक प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । उनी प्रहरीमाथि भएको ढुंगामुढामा संलग्न थिए । गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको हो । उनको टाउकोमा गोली लागेको छ । उनको साथमा भेटिएको मोबाइलबाट पहिचान खुलेको प्रहरीले जनाएको छ ।

Womui
Womui