निजी सवारी साधनलाई बिहीबारदेखि शनिबारसम्म मात्र तेल वितरण गरिने

125

काठमाडौं, कात्तिक १६

नेपाल आयल निगमले निजी सवारी साधनलाई तीन दिन मात्र इन्धन उपलब्ध गराउने भएको छ।  यस अघि सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउँदै आएको निगमले बिहीबार, शुक्रबार र शनिबार मात्र निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउने भएको हो । निगमका एलपिजी विभाग प्रमुख मुकुन्द घिमिरेका अनुसार तीन दिन काठमाडौंका ५० भन्दा बढी पेट्रोल पम्पबाट इन्धन वितरण गरिँदैछ। निगमका अनुसार लट सिस्टममा इन्धन वितरण गर्न लागिएको छ । बिहीबार १ देखि ३० लटसम्मका बाइकलाई तेल वितरण गर्ने, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ लटभन्दा माथिका बाइकलाई तेल वितरण गरिने छ । बाइकको लट तय भए पनि गाडीको भने तय हुन बाँकी रहेको घिमिरेले बताए।

Womui
Womui