एसएसबीले किन रोक्यो नेपाली सवारी साधन ?

40

नेपालगन्ज, कात्तिक १६–
रुपैडिहा जान खोजेका नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारतीय सुरक्षाकर्मीले रोकेको छ । बिहान ११ बजेदेखि भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली नम्बर प्लेटका सम्पुर्ण सवारी साधन प्रवेशमा अचानक रोक लगाएको हो । केन्द्रबाट कडा आदेश आएको भन्दै एसएसबीले रोक लगाएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीका अनुसार एसएसबीको अवरोधपछि नेपाली नम्वर प्लेटका ठुला, साना सवारी साधन जान पाएका छैनन् । एसएसबीले भारतीय नम्वर प्लेटका सवारी साधनलाई भने निर्वाध रुपमा प्रवेश गर्न दिएको जमुनाहा प्रहरीले जनाएको छ ।

‘दसगजा क्षेत्रमा आज मधेसी मोर्चा सम्वद्ध आन्दोलनकारी छैनन, तरपनि एसएसबीले नेपाली नम्बर प्लेटका सवारी साधन भारत प्रवेशमा रोक लगायो,’ गिरीले भने । एसएसबीले भारतबाट आएका नेपाली नम्बर प्लेटका सवारी साधनलाई भने नेपाल आउन दिएको जमुनाहा प्रहरीले जनाएको छ । ‘सवारी साधन एक्कासी किन रोकेको भनेर सोधपुछ गर्दा एसएसबीले माथिबाट आदेश भएको बतायो,’ उनले भने । भारतीय सुरक्षा स्रोतका अनुसार पुर्वी तराईको वीरगञ्ज नाकामा प्रहरी र आन्दोलनकारीबीच तनाव उत्पन्न भएपछि रुपैडिहा नाकामा सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।

Womui
Womui