चीनको झण्डा जलाएको भन्दै मधेसी मोर्चाका तीन जिल्ला स्तरीय नेता पक्राउ

195

बिरगन्ज, कात्तिक १५

Chinese_flag_(Beijing)_-_IMG_1104चीनको झण्डा लगाएको आरोपमा प्रहरीले मधेसी मोर्चाका तीन जिल्लास्तरीय नेतालाई बिरगन्ज-रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर घर फर्कदै गर्दा पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय यादव, सदभावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ रहेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए ।

चीनले नेपालमा इन्धन दिएपछि मधेसको आन्दोलन तुहाउने काम गरेको भन्दै मधेसी मोर्चाका नेताहरुले कात्तिक १२ गते वीरगञ्जको घण्टाघर चोकमा चीनको झण्डा जलाएका थिए ।

Womui
Womui