दुर्व्यवहार नगर्ने प्रतिबद्धता पाएपछि नेपाली ट्याङ्कर भारत प्रस्थान

14

विराटनगर, कात्तिक १५

भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गरेको भन्दै ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका ट्याङ्कर चालकहरुलाई भारतीय प्रशासनले दुर्व्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि चालकहरुले ट्याङ्कर भारत लैजान थालेका छन् ।

भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गरेको भन्दै ठूवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका ट्याङकर चालहरूले आइतबारदेखि ट्याङकर भारत लैजान थालेका छन्। पेट्रोलियम ढुवानी डिलर्स एशोसिएशन पूर्वाञ्चलका उपाध्यक्ष अरविन्द्र शर्माका अनुसार नेपाल र भारतका अधिकारीबीच भएको वार्तामा भारतीय पक्षले ट्याङकर चालकहरूलाई दुर्व्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि चालकहरू आइतबार विहानैदेखि तेल लिन भारततर्फ गएका हुन्। आइतबार २० वटा ट्याङकर भाण्टावारी नाका हुँदै बरौनी रिफाइनरी तर्फ लागेको शर्माले जनाकारी दिए । यस अघि बरौनीबाट तेल लिएर आएका ट्याङकरहरूलाई भारतीय प्रहरीले लाइनमा लगाउँदै दुःख दिने र कुटपिटसमेत गरेपछि चालकहरू ढुवानी ठप्प पारेर आयल निगम क्षेत्रीय कार्यालय विराटनगर अगाडि धर्नासहित आन्दोलनमा उत्रिएका थिए ।

Womui
Womui