नेपाल-भारत सीमा नाका ४८ घण्टाका लागि सिल

52

महोत्तरी, कात्तिक १५

नेपाल-भारतको सीमा नाका ४८ घण्टाको लागि सिल गरिएको छ । भारतको बिहार सीतामढीलगायतका सात जिल्लामा आइतबार भइरहेको विधासभा निर्वाचनलाई ध्यानमा राखी अाइतबार साँझ ८ बजेसम्म सीमा नाका सिल गरिएको हो ।

विहार राज्यको  सीतामढी जिल्लासँग ३५ किलोमीटर सीमा जोडिएको महोत्तरीको जलेश्वर नगरपालिका तथा नैन्ही, बथनाहा, कट्टीकटैया,सम्सी, खैरबन्नी, रघुनाथपुर सहित १० गाउँ विकास समितिको  सीमा सिल गरिएको छ। विधान सभा निर्वाचनमा शान्ति सुरक्षा कायम गराउन भारतीय सुरक्षा निकायको आग्रहमा ४८ घण्टाका लागि भारतको सीतामढी जिल्लासँग सीमा जोडिएका महोत्तरी जिल्लाको सीमा सिल गरिएको महोत्तरीका  प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादवले बताए। सीमामा अत्यावश्यक सेवा बाहेकका सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थजन्य पदार्थको बेच बिखनमा रोक लगाइएको छ।

Womui
Womui