मोर्चा कार्यकर्तासँगै ढुंगा बर्साउँछन् भारतीय

92

नेपालगन्ज, कात्तिक १५–
नेपाल–भारत सीमा क्षेत्रमा मधेसी मोर्चाले अवरोध गर्ने बित्तिकै भारत, बहराइच जिल्लाको रुपैडिहानिवासी शिवनाथ अचेल त्यहाँ पुगिहाल्छन् । नेपालका मधेसी समुदायले अधिकार पाए आफूलाई पनि फाइदा मिल्ने आशा उनलाई छ । त्यसैले मोर्चा कार्यकर्तासँग मिसिएर नाका अवरोध गर्न र भारतीय भूमिबाट नेपालतर्फ ढुंगा हान्न तल्लिन छन् । शनिबार पनि २६ वर्षीय नाथ रुमालले मुख छोपेर आन्दोलनमा सहभागी थिए । सीमा ओहोर–दोहोर गर्ने सवारीसाधनलाई प्रहरीले गन्तव्य पठाउँदा शिवनाथको समूहले कयौं पटक ढुंगा हान्ने प्रयास गरेको थियो । ‘आफ्नो समय मिलाएर आन्दोलनमा सहभागी हुन आउँछु,’ उनले भने, ‘नेपालका मधेसीले अधिकार नपाउँदा हामीलाई दुःख लाग्छ ।’

indian

मधेसी मोर्चाले नाकामा पुगेर आन्दोलन गर्न थालेयता रुपैडिहाका अरू व्यक्ति पनि नियमित रूपमा सहभागी हुने गरेको उनले खुलाए । यतिन्जेल उनले नागरिक संवाददातासँग कुराकानी गरेको भेउ पाएनन् । तस्बिर खिचेपछि मात्र उनी आन्दोलनबाट बाहिरिएका थिए । भारतीय भूमिमा बसेर सवारीसाधन रोकिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) मौन थियो । आन्दोलनकारीको भिडमा रहेका रुपैडिहाका अर्का युवक राम दयालले पनि आफू प्रायः नाकामा हुने सहभागी भइरहने बताए । आवश्यक परे आन्दोलनकारीसँग मिलेर नेपालतर्फ ढुंगा हान्छन् । ‘म पनि कहिलेकाही यहाँ आउँछु, नेपाली पुलिसले मधेसीलाई दमन गर्न खोजे प्रतिवाद गर्छौं,’ उनले सुनाए । मधेसी मोर्चाले शनिबार भारतीय भूमिबाट नाका अवरोध गर्दा रामदयाल पनि हातमा ढुंगा समातेर तम्तयार अवस्थामा थिए । रुपैडिहा नाकामा शनिबार मात्र रुमालले मुख छोपेका करिब एक दर्जन भारतीय सहभागी थिए ।

मधेसी मोर्चाको आन्दोलनमा भारतीय नागरिकको संलग्नता प्रस्ट देखिएको नेपाली सुरक्षाकर्मी बताउँछन् । नाकामा लामो समयदेखि खट्दै आएका एक प्रहरी अधिकृतले दसगजाकेन्द्रित मधेसी मोर्चाको आन्दोलनमा अधिकांश भारतीय नागरिक हुने गरेको बताए । ‘दसगजामा बसेर आन्दोलन गर्ने मधेसी मोर्चालाई भारतको अघोषित साथ त छँदै छ, त्यहाँका नागरिकसमेत खुलेरै ढुंगामुढा गरिरहेका छन,’ उनले भने । मधेसी मोर्चाले नाकाकेन्द्रित धर्ना, आन्दोलन सुरु गरेको एक महिनाभन्दा बढी भइसकेको छ । नेपालगन्ज, जयसपुर क्षेत्रबाट पुग्ने मोर्चा कार्यकर्ताभन्दा भारतीय भूमिमा बसेर आन्दोलन गर्ने आन्दोलनकारीको संख्या दोब्बर हुने गरेको इप्रका, जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । ‘दसगजामा प्रवेश गर्दा मधेसी मोर्चाका कार्यकर्ता धेरै संख्यामा हुँदैनन, ढुंगामुढा गर्न थालेपछि मात्रै संख्या एक्कासि बढ्छ,’ उनले भने । आन्दोलनक्रममा मधेसी मोर्चाका कार्यकर्ता र भारतीय युवाको गतिविधि प्रस्ट देखिने नेपाली सुरक्षाकर्मी बताउँछन् । मोर्चा भने आफ्नो आन्दोलनमा भारतीय नागरिकको संलग्नता अस्वीकार गर्छ ।

मोर्चा बाँकेका कार्यवाहक संयोजक एवम् सद्भावना पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितले आन्दोलनमा भारतीय जनताको संलग्नता नरहेको बताए । ‘आन्दोलनमा हाम्रा कार्यकर्ता मात्रै सहभागी छन, कोही आएका रहेछन् भने घुसपैठ भएको हुन सक्छ,’ उनले भने । आन्दोलनका बेला भारतीय र नेपाली भनेर छुट्टयाउन नसकिने बताउँदै नेता दीक्षितले नेपाल प्रहरीले नै मधेसी समुदायका घुमुवा पठाएर घुसपैठ गराउने गरेको आरोप लगाए । दसैंपछाडि नियमित रूपमा दसगजा गइरहेको बताउँदै दीक्षितले भने, ‘काठमाडौंको दानापानी बन्द गर्न नाकामा बस्न थालेका हौं, जबसम्म काठमाडौंको कानमा आवाज पुग्दैन, धर्ना बसिरहन्छौं ।’ अजको नागरिकमा खबर छ ।

Womui
Womui